नेपाललाई शैक्षिक ‘हब’ बनाउँन सकिन्छ : विष्णुहरि पाण्डे


२९ असार २०७६, आईतवार
Bishnu hari pandey chairman ecan

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं इक्यान बृहत शैक्षिक मेला(२६–२९ असार २०७६)मा सम्पन्न भएको छ । मेलामा शैक्षीक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसियालगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता थियो । मेलाको आयोजना किन ? शिक्षामा नेपालको सम्भावना र अवस्था कस्तो छ ? इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेसँग गरिएको कुराकानी :-

शैक्षिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?
शैक्षिक परामर्श संघले २००८ सालदेखि नै यो शैक्षिक मेला शुरु गरेको हो । सबैभन्दा पहिला वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) बाट शुरु गरेको हो । अहिले १३ औँ संस्करणमार्फत हामी भृकुटी मण्डपमा आइपुगेका छौँ ।

शैक्षिक मेलाको मुख्य उद्देश्य भनेको स्वादेशी परामर्शदाता, विदेशीका कलेज, युनिभर्सिटी र त्यहाँको प्रतिनिधिहरुबाट विद्यार्थी र अभिभावकहरुलाई होस्टलहरुको जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो । विद्यार्थी र अभिभावहरुले एउटै छातामुनि बसेर तुलानात्मक रुपमा अध्ययन, विश्लेषण गर्न सक्छन् । कुन देशमा जाँदा कस्तो हुन्छ ? कुन परामर्शदार्ताले कस्तो परामर्श दिएका छन्, सबैको जानकारी प्राप्त हुन्छ । विदेशका युनिभर्सिटीका परामर्शदाता संस्थाहरुले परामर्श दिंदा विस्तृत जानकारी मिल्ने र यसले विद्यार्थी–अभिभावकलाई लाभ पुग्ने देखेर नै मेला आयोजना गरेका हौं ।

मेलाको मुख्य आकर्षणहरु  ?
मुख्य आकर्षण भनेको विदेशबाट आएका युनिभर्सिटी र कलेजहरुको रिप्रिजेन्टेसन पहिलो कुरा हो । दोस्रो भनेको विभिन्न कन्सलटेन्सीहरुको कम्प्रेटिभ एनालाइलिस हो । नेपाल शैक्षिक परामर्श संघमा पनि कसैले अमेरिकालाई प्राथमिकता दिएर काम गरिरहेका छन् भने कसैले जापान । यस्तै कसैले युके, कसैले अष्ट्रेलियाका लागि काम गरिरहेका छन् । यसैले पनि यी परामर्शहरु बढी महत्वपूर्ण हुने हुन्छ । यही नै मेलाको मुख्य आकर्षण हो ।

हेर्नुहोस् भिडियो :-


मेलामा कति देशको सहभागिता छ ?
विदेशी मन्त्रालयको डाटा हेर्दा नेपालबाट ७२ वटा देशमा नो अब्जेक्शन लेटर लिएर विद्यार्थीहरु पढ्न गएको पाउँछौं । नेपालबाट विशेष गरी ४०–४५ देशहरुमा ठूलो संख्यामा अध्ययनका लागि जान्छन् । यो मेलामा ती सबै देशहरुको जानकारी प्राप्त गर्न सक्छौं ।

इक्यानले नेपाललाई शैक्षिक हब बनाउने पटक–पटक कुरा गर्दै आइरहेको छ, विदेशबाट नेपालमा विद्यार्थी ल्याउने चाँहि पहल गर्नु भएको छैन ?
हामीले २००८ सालदेखि नै भनेका थियौं, ‘नेपाललाई एजुकेशन हब बनाउन सकिन्छ ।’ नेपाल विश्वको यस्तो सुन्दर देश हो । जहाँ मानिसमा बायोडार्भसिटी छ । हामीसँग भएको प्राकृतिक स्रोत, इथिनिक ग्रुप छ । ठूलो जनसंख्याको देश चीन र भारतबीच यो किसिमको डाइभसिंटी भएको देश नेपाल छ । हिमाल, पहाड र तराईको कम्बिनेसन छ । ५० माइलको डाइर्भसिटी छ । तर, महत्वपूर्ण कुरा भनेको सर्भिससँग सम्बन्धित हुनुप¥यो । शैक्षिक नीति विकास गर्न सकेको खण्डमा नेपालले धेरै भन्दा धेरै आम्दानी गर्न सक्छ । देश धनी र समृद्ध हुन सक्छ । हामीले त्यसका लागि के—के पूर्वाधार तयार गर्नुपर्छ त्यसलाई राज्यको तर्फबाट नहेरेको पाउँछौं । हामी प्राइभेट सेक्टरबाट चाँही नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ भनियो ।

त्यसका निम्ति शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालयमा बारम्बार कुरा पनि उठायो र उठाउँछौँ पनि । तर, अझै त्यो सम्भव हुन सकिरहेको छैन । पहिलो कुरा यसका लागि राज्यले पूर्वाधार निर्माण गर्नुपर्छ । दोस्रो स्कुल–कलेजलाई राज्यले सुविधा दिनुपथ्र्यो । त्यो दिएको छैन । यहाँको शिक्षा प्रणाली मोर प्याप्नेटिभी छ । तेस्रो टिचिङ प्याडोगोजी परिवर्तन हुनुपर्छ । चौथो हामीसँग भएका कुरा विश्वव्यापीरुपमा मार्केटिङ गर्न जरुरी छ । अनि मात्र नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिन्छ ।

विदेशी विद्यार्थीहरु अध्ययनका लागि नेपाल आउँदा आफू सुरक्षित छु भन्ने वातावरण राज्यले बनाई दिनु पर्छ । त्यसपछि मात्र विदेशबाट नेपालमा विद्यार्थी ल्याउन सकिने वातावरण बन्छ । अहिले नेपाल मेडिकल क्षेत्रमा सफल भइरहेका छ । अहिले भाषा र हस्पिटालिटिजको क्षेत्र मात्र पनि विदेशी विद्यार्थी नेपाल ल्याउन सकियो भने सफल हुन सक्छौं ।

तपाईहरुले भने जस्तै सरकारले यी वातावरण बनाई दिएको खण्डमा कुन–कुन विषयमा कुन–कुन देशबाट विद्यार्थी ल्याउन सक्ने सम्भावना देख्नु भएको छ त ?
इक्यान र मेरो व्यक्तिगत जीवनको अनुभव र अध्ययनलाई हेर्दा भाषाको क्षेत्रमै पहल गर्न सक्यौं भने लाखौं विद्यार्थी नेपालको भाषा पढ्न र अध्ययन गर्न नेपाल आउन सक्छन् । उनीहरु नेपालको भाषा, सँस्कृति अध्ययनका लागि इच्छुक पनि छन् । तर, त्यो वातावरण पाइरहेका छैनन् । अंग्रेजी हाम्रो नेटिभ ल्याङग्वेज होइन् । अंग्रेजी भाषाको क्षमता विकास गर्ने हो भने चाइनाबाट इङ्लिस ल्याङग्वेज पढ्न नेपालमा ल्याउन सकिन्छ । उनीहरुलाई चार महिनादेखि वर्ष दिनसम्म नेपाल ल्याउन सकिन्छ र आउन सक्छन् ।

यसैगरी मेडिकल सेक्टरमा पनि विदेशी विद्यार्थी नेपाल ल्याउन सकिन्छ । यसमा प्रभाव पार्न सक्ने मुख्य कुरा यहाँको मौसम पनि हो । यहाँ अध्ययनको उचित वातावरण भए कुवेतको ६३ डिग्रीको तापक्रम छाडेर आएर काठमाडौंको सहज तापक्रमको नेपाल आउन जोकोही पनि तयार हुन्छ । दुबई, साउदीको हकमा पनि यहि कुरा लागू हुन्छ ।

अर्को ट्राभल एण्ड टुरिजमको हस्पिटालिटी विकास गर्न सके विदेशी विद्यार्थी नेपाल ल्याउन सकिन्छ । नेपालमा सँस्कृति (कल्चर) पढ्न ल्याउन सकिन्छ । यहाँको जैविक विविधता, हिमाल, पहाड, हाइवेसँग रिलिटेट इन्जिनिरिङ विषय अध्ययनका लागि विद्यार्थीलाई ल्याउन सकिन्छ । यसको पहल राज्यले नै गर्नुपर्छ । यसमा परिपुरक र सहयोगी भूमिका निर्वाह गर्न हामी सँधैं तयार र तत्पर छौं ।


२००८ सालदेखि शैक्षिक मेला लगाई रहनु भएको छ, पहिलेको र अहिलेको मेलामा के परिस्कार आएको पाउनु भएको छ ?
मेलाको परिधिलाई फराकिलो बनाएका छौं । नेपाली विद्यार्थीको अध्ययनको गन्तव्यहरु पनि फरक–फरक भइरहेका छन् । मेलामा विद्यार्थी र अभिभावकको चासो र सहभागिता बढ्दै गइरहेको छ । हाम्रो इक्यानका सदस्यहरुले दिएको जानकारी पनि वर्षेनी प्रभावकारी बन्दै गइरहेको हामीले महसुस गरेका छौं, विद्यार्थी अभिभावकको राय र सुझाव पनि यहि प्रकारको छ । मैले दुई कन्सलटेन्सीबीच के फरक पाउनु भयो भनेर सोध्दा प्रायले उस्ता उस्तै छन् भन्नु हुन्छ । यसले के देखाउँछ भने इक्यान अन्तर्गतका सदस्यहरु तालिम प्राप्त छन् । स्वदेशको शिक्षा मन्त्रालयको टिआइटिआइबाट मात्र होइन विश्वबाट दिने परामर्शसँग सम्बन्धित तालिमहरुमा नेपालको सहभागिताले ८३ प्रतिशत भाग ओगट्छ ।

दोस्रो चाँही इक्यानको शैक्षिक मेलालाई विद्यार्थीले आफनो उच्च शिक्षा, भविष्यलाई सही दिशामा डोहो¥याउने माध्यम र शैक्षिक परामर्श लिने उचित थलोको रुपमा लिएको पाएका छौं । तेस्रो यसको विश्वासनियता पनि हो । मेलामा विद्यार्थी–अभिभावक विदेशमा जानका निम्ति मात्र होइन् स्वादेशमै पनि कुन विषयहरु पढ्दा के हुन्छ भनेर मसिनो ढङ्गमा अध्ययन् (एनाइलेसिस) गरिरहनु भएको छ । यो कुराले गर्दा हामी भविष्य निर्देशकको रुपमा स्थापित भएका छौं ।

यसले विद्यार्थीहरुलाई सही र समयानुकूल परामर्श दिन सक्षक छ भन्ने कुरा हामीले स्थापित र प्रमाणित गर्दै आएका छौं । त्यसकारण हिजो भन्दा आज हाम्रो गति तीब्र भएको छ । हिजोका कमजोरीहरुलाई सच्याउँदै हामी अगाडि बढिरहेका छौं ।

Bishnu Hari Pandey
देशलाई समृद्ध देश बनाउने कुरा चलिरहेको छ । तर धेरै दक्ष नेपाली जनशक्ति विदेशमा छन् । विदेशमा पढेका र रहेका यस्ता जनशक्तिलाई नेपाल नै फर्काउने विषयमा पनि तपाईहरुले पहलकदमी गरिरहनु भएको छ कि ?
हिजोको दिनमा परामर्शदाताहरुले आफ्नो व्यवसाय प्रवर्धनका लागि मात्रै विद्यार्थीहरुलाई एडमिसन काउन्सिलिङ गरेको पाउँथ्यौं भने पछिल्लो समय करियर काउन्सिलिङ पनि गरेको पाउँछौं । अध्ययन गरिसकेपछि कुन क्षेत्रमा कस्तो खालको जागिर पाइन्छ, यसलाई व्यवस्थित रुपमा हेरेको पाउँछौँ । पछिल्लो समय हेर्दा नेपालको प्राइभेट सेक्टर, कर्पोरेट सेक्टर, नेपालको खोज अनुसन्धान क्षेत्रमा विदेशमा अध्ययन गरेर स्वादेश आएर काम समेत शुरु गरेको पाउँछौं । मैले डाटा हेर्दा विदेश गएका विद्यार्थीको २६.८ प्रतिशत नेपाल फर्किएको पाएको छु ।

नेपालमा व्यवहारिक शिक्षाको अभावकले हो कि अरु नै कारणले नेपाली विद्यार्थीहरु विदेश पढ्न जान्छन् ?
मानिसहरु जो पनि र जहिले पनि राम्रोको खोजीमा हुन्छ । त्यसले कसैलाई रोक्न पनि सकिंदैन् । दोस्रो भनको अवसरहरुको खोजी पनि हो । एउटा विद्यार्थीले न्यानो इन्जिनिरिङ, एग्रिमेटिकल इन्जिनिरिङ पढ्छु भन्छ । तर त्यही खालको अवसरहरु छैन् ।

अर्को कुरा हामीसँग सीमित स्रोत, सीमित विषयहरु छन् । उनीहरुले विभिन्न छनौटहरु खोजिरहेका हुन्छन् । हामीसँग भएको सीमित स्रोत, साधन र पाठयक्रमका कारण विद्यार्थीको आवश्यकता पूरा भएको छैन् । भए पनि सीमित कोटाको कारणले उनीहरु बाहिरी रहेका छन् । सबैको हात–हातमा स्मार्ट फोन हुन्छ । उसले विश्वलाई नियालिरहेको हुन्छ । आफूलाई अब्बल बनाउन खोजिरहेको हुन्छ । त्यसकारण जाने–आउने चलिरहन्छ ।

मेला कस्ताे रह्रयाे?
हामीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट मेला उद्घाटन भयाे । विभिन्न देशका कुटनीतिक नियोगका राजदूतहरुलाई पनि मेलास्थलको अवलोकन गरायौंं । दोस्रो दिन पानीले केही असर गरेको थियो । तेस्रो दिन उत्साहजनक सहभागिता रह्यो । विद्यार्थी मात्र होइन अभिभावकको पनि सहभागिता बाक्लो रह्यो । उत्साहित छौँ ।  मेला सफल भएको हाम्रो निष्कर्ष छ ।

विद्यार्थीहरु स्वादेशमा होस् या विदेशमा अध्ययनका निम्ति परामर्श केन्द्रित हुनुपर्छ ।विद्यार्थीहरुलाई भर्नाका लागि मात्र होइन उनीहरुको भविष्यको व्यवस्थापन र निर्देशन गर्नुपर्छ भन्ने सोच थियो । त्यो पूरा भएको मैले पाएको छु । विद्यार्थी र अभिभावकको बाक्लो उपस्थितिले हामीले गरेका कामलाई गौरववान्वित बनाएको छ । आगामी दिनहरुमा अझै धेरै काम गर्नुछ । विद्यार्थी र अभिभावकको उद्देश्य प्राप्तीका निम्ति अझ सहयोगी भूमिका खेल्ने छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७