इंग्ल्यान्ड क्रिकेटको विश्व विजेता, न्युजिल्यान्ड सुपर ओभरमा पराजित


३० असार २०७६, सोमबार
England win world cup

काठमाडौं, २९असार :  आयोजक इङ्ल्यान्ड विश्वकप क्रिकेटको नयाँ विश्व च्याम्पियन बनेको छ । न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो। 

निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर न्युजिल्यान्ड पराजित गर्दै उपाधि उचालेको हो। न्यूजिल्यान्डले दिएको २ सय ४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि खेल सुपर ओभरमा गयो ।  सुपर ओभरमा पनि बराबर रन भएपछि इङ्ल्यान्डले वान ओभर इलिमिनेटरको आधारमा उपाधि जितेको हो ।

सुपर ओभरमा इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इङ्ल्यान्ड टिम उपविजेतामै सीमित बनेको थियो।पछिल्लो पटक सन् १९९२ मा भएको उपाधि भिडन्तमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो।

इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि उचाल्न सफल भएको हो। सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियार सन् १९९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार भोगेको थियो। अर्कातिर न्युजिल्यान्डको टिम दोस्रो पटको फाइनल खेलेको हो। सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७