प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : भीम रावल


२९ मंसिर २०७४, शुक्रबार
bhim rawal 1

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।bhim rawal 1
शुक्रवार धनगढीमा एमाले पार्टी कार्यालयमा निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्रीले  जनताको अभिमत गुमाईसकेकाले राजिनामा दिनुपर्ने बताएका हुन् ।
पदबाट राजिनामा दिन ढिलाई गर्नु लोकतान्त्रिक संस्कृती विपरित भएको आरोप लगाए। ‘जनमत गुमाएर पनि प्रधानमन्त्रीले पदमा बरिरहने हो भने गलत लोकतान्त्रिक संस्कृतीको सुरुवात हुने छ ’उनले भने, उनले जनमत गुमाईसकेकाले तत्काल राजिनामा दिनुपर्छ ।’
जनमत गुमाईसकेर राजीनामा नदिई प्रधानमन्त्रीले दुरगामी प्रभाव पार्ने निर्णय गरिरहेको उनको भनाई छ। ‘जनमत गमाईसकेको अवस्थामा प्रधानमन्त्रीलाई दुरगामी निर्णय गर्ने नैतिक अधिकार छैन’उनले भने।
समानुपातिकको मतपरिणाम आईसकेपछि सरकार निर्माण र पार्टी एकीकरणको कामको शुरुवात गरिने उनको भनाई छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७