मोडल प्रेमिकाको ढुङ्गाले टाउको किचेर हत्या


३० असार २०७६, सोमबार
Death

काठमाडौं, ३० असार । अपराधका घटनाले कुनै क्षेत्रलाई बाँकी राखेको छैन । दिनहुँजसो विश्वास नै गर्न नसकिने खालका अपराधका घटनाहरु आइरहेका छन् ।

भारतको महाराष्ट्रको नागपुर जिल्लामा एक युवकले प्रेमिकाको विभत्स हत्या गरेका छन् । पुलिसले आरोपीलाई पक्राउ गरिसकेको छ । मृतकको नाम खुशी परिहार रहेको महाराष्ट्र प्रहरीले जनाएका छन् । मृत्तक युवती नागपुरकी हुन् । आरोपी अशरफ शेख उनका प्रेमी हुन् ।

नागपुर पुलिसका एक अधिकारीले शनिबार बिहान पंधुरना–नागपुर हाइवेमा एक युवतीको शव भेटिएको जसको अनुहार नराम्रोसँग किचिएको जानकारी दिए । पुलिसले युवतीको शरीरमा बनेको ट्याटु र सोसल मिडियाको मद्दतले पुलिसको शव पहिचान गरेको हो । आरोपीले प्रेमिकाको हत्या गरेको स्वीकारेको जानकारी दिएको छ ।
शंकाले जलायो लङ्का
अशरफ शेखले प्रेमिकाको चरित्रमा शंका लागेका कारण हत्या गरेको पुलिसलाई बयान दिएका छन् । प्रहरी अनुसन्धानमा पछिल्लो केही महिनादेखि खुशी र अशरफ लिभ इन टुगेदरमा बसिरहेको पत्ता लागेको छ ।

मोडलिङमा करियर बनाउने कोशिसमा रहेकी खुशी अबेर राति घर आउनु र पार्टीमा जानु शेखलाई चित्त बुझेको थिएन । खुशीको अन्य युवकसँग अफेयर चलिरहेको भन्ने उनलाई शंका थियो । त्यसकारण उनले खुशीको हत्या गर्ने योजना नै बनाए ।
यसरी लिए ज्यान
१२ जुलाई अशरफ आफ्नो कारमा खुशी परिहारलाई लिएर गए । त्यसपछि उनले पान्डुरना–नागपुर हाइवेमा उनको टाउकोमा ढुङ्गा हानेर उनको हत्या गरे । त्यसपछि टाउको किचे ।

नागपुर पुलिसले हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । पुलिसका अनुसार खुशीलाई जगजीत नामका एक व्यक्तिले धर्मपुत्रीको रुपमा पालेका थिए । तर ठूलो भएपछि उनले आमा–बुवाको घर छोडेकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७