धरानमा अलपत्र परेको प्रहरी जवान संजिव राईको शव खोटाङ लगियो


३० असार २०७६, सोमबार
Sanjib Rai

धरान, ३० असार । भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्तासँगको मुठभेडमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ । ६ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा अलपत्र परेको जवान राईको शव नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १२ः३० बजे खोटाङ लगिएको हो ।

असार २५ गते भोजपुर सदरमुकाम स्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासंगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो ।

घटना पश्चात संजिवको शव पोष्टमार्टमका लागि धरान ल्याइएको उनको शव अलपत्र परेको थियो । खराव मौसमका कारण खोटाङ जाने मोटर बाटो अबरुद्ध भएपछि परिवारले सरकारसंग हवाई मार्गबाट संजिवको शव घर पुर्याइदिन अनुरोध गरे पनि लगेका थिएन् ।

६ दिनसम्म पनि संजिवको शव परिवारलाई जिम्मा नलगाए पश्चात सोमबार बिहान प्रहरी जवान संजिव राईको शव ६ दिनदेखि धरानमा अलपत्र शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालको पहलमा सेनाको हेलिकप्टरबाट उनको शव खोटाङ लगेर परिवारको जिम्मा लगाइएको छ ।

यसअघि संजिवका भाइ खडेन्द्रले ६ दिनदेखि शव सहित परिवारका सदस्य धरानमा अलपत्र परेर बस्नु परेको बताएका थिए । संजिवको शव लिनका लागि उनकी श्रीमती नमुना, भाइ खडिन्द्र राई, बहिनी चन्द्रमाया र दुई नाबालक छोराहरु धरान आएका थिए ।

संजिवको शवसँगै उनकी श्रीमती नमुना, छोराहरु जोयल र जोहन तथा भाई खडिन्द्र राई पनि शव लिएर खोटाङ गएका छन्।

यो पनि पढ्नुहोस्
चिनजानकै साथी थिए प्रहरी र प्रशान्त, एकले अर्कालाई ‘झुक्याउँदा झुक्याउँदै’ मारिए दुबै

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७