बालविवाह अन्त्यका लागि ग्लोबल बैंकद्वारा ५ लाख सहयोग


३० असार २०७६, सोमबार
15631916821 3

काठमाडौं, ३० असार । ग्लोबल आइएमई बैंकले जोन्टा क्लबलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्नेछ।

बालविवाहको प्रचलन रहेका समुदायमा बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७