ढोग गर्न निहुरेकी गर्भवती छोरीको बाबुले गरे घाँटी रेटी हत्या


३१ असार २०७६, मंगलवार
greacy

काठमाडौं, ३१ असार । मानिस आफ्नै सन्तानमाथि पनि कतिसम्म क्रुर बन्न सक्छ भन्ने कुराको उदाहरण भारतमा भएको एक हत्याको घटनालाई हेर्दा पुग्छ ।

भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिनअघि भएको २० वर्षे गर्भवती युवतीको हत्या उनकै बाबुले गरेको खुलेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको इच्छा विपरीत केही महिनाअघि विवाह गरेकी थिइन् ।

यसै कारण रिसाएका बुबाले छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी बुबालाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक हमला गरे, जसका कारण उनको मृत्यु भयो ।
यस्तो रहेछ हत्याको कारण
पुलिस अधिकारी अखिलेश सिंहले भने, ‘हामीलाई बताइयो कि उनीहरु फेब्रुअरीमा मध्यप्रदेशको सतना गएका थिए । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् ।

पिताले मिनाक्षीको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी गरियो र कार्ड समेत छापियो । तर प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।’
ढोग गर्न निहुरेको मौकामा आक्रमण
सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, विवाहलाई स्विकार गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने ।

तर हालै जब मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगिन् तब राजकुमार रिसाए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भयो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेका बेला चक्कुले हमला गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७