निमावि तहका शिक्षकको परीक्षा साउन ५ गते (हेर्नुस् सूचना)


३१ असार २०७६, मंगलवार
Teacher 3 1

काठमाडौं, ३१ असार । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा खुल्लातर्फ अन्तरवार्ता दिन छुटेकाहरुलाई जरुरी सूचना जारी गरेको छ । खुल्लातर्फको लिखित परीक्षा उत्तीर्ण गरेको तर, २०७६ साल असार ९ गते विविध कारणबस मौखिक परीक्षा दिन छुटेकालाई अर्को ब्यवस्था गरेको हो ।

आयोगले विभिन्न कारणसहित छुट्न गएका उम्मेद्धारहरुको लिखित परीक्षा आगामी साउन ५ गते लिने भएको छ । शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा विहान ७ः३० बजे परीक्षा हुने जनाइएको छ ।

शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यामिक र प्राथमिक तह खुल्लातर्फ लिखित परीक्षाको सवै नतिजा निकालिसकेको छ । निम्न माध्यमिक र प्राथमिक तहको मौखिम परीक्षा शुरु भएको छ ।
हेर्नुस् सूचना

1 8
2 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७