‘माछा माछा’ को प्रर्दशन मितिसँगै फस्टलुक सार्वजनिक
काठमाडौं, ३१ असार । नायक सौगात मल्ल र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ ले आफ्नो प्रदर्शन मितिसँगै फस्टलुक सार्वजनिक गरेको छ ।
तीन जना गाउँले युवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा नायक सौगातसँगै बिजय बराल, अनोज पाण्डे नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन रहेको छ ।