साहिदको सफलतामा किन खुशी छैनन् ‘अर्जुन रेड्डी’ ?


३१ असार २०७६, मंगलवार
shahid kapoor

काठमाडौं, ३१ असार । बलिउड नायक साहिद कपुर अभिनित चलचित्र ‘कविर सिंह’ ले बक्स अफिसमा धमकेदार कमाई गरिरहेको छ ।

चलचित्र अहिले चौथो हप्तामा चलिरहेको छ । चलचित्रले २५० करोड भन्दा बढी कमाई गरिसकेको छ । यो चलचित्रले साहिदको ओरालो लागेको करिअरलाई माथि उठाएको छ । यो चलचित्रको सफलतालाई लिएर ‘अर्जुन रेड्डी’ स्टारर विजय देवगरकोन्डा खुशी छैनन् । ‘कविर सिंह’ अर्जुन रेड्डीको रिमेक हो । हालै एक अन्तरवार्तामा उनले दिएको उत्तरले उनी खुशी नभएको प्रष्ट हुन्थ्यो ।

‘कविर सिंह हेर्नुभयो ?’ भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘मलाई चलचित्रको सम्पूर्ण कथा थाहा छ । मेरो लागि चलचित्रमा हेर्नु पर्ने नयाँ कुरा केही छैन । मैले गरेको भूमिकालाई साहिदले गरेका हुन् । यसमा मैले दोहोरिएर हेर्नुपर्ने जरुरी के छ र ?’

निर्देशकको सफलतामा भने खुशी छन् विजय । उनले भने, ‘म चाहान्थेँ कि हिन्दीमा पनि यो चलचित्र सफल होस् । किनभने यो चलचित्रमा सन्दिप रेड्डी वंगाले निर्देशन गरेका थिए । यो पनि ब्लकबस्टर भयो । उसको लागि खुशी छु ।’ यति उत्तर दिएपछि विजयले यो चलचित्रको विषयमा कुरा गर्न नै इन्कार गरिदिए । यो सब पछि प्रष्ट बुझिन्थ्यो कि, साहिदको सफलतामा विजय खुशी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७