शिल्पाले गरिन् डिभोर्सका लागि केस फाइल


३१ असार २०७६, मंगलवार
chhabi raj ojha and silpa

काठमाडौं, ३१ असार । पछिल्ला केही दिन नेपाली सिने नगरीमा निकै चर्चा पाएको र धेरैको ध्यान तान्ने विषय बन्यो निर्माता छविराज ओझा र उनकी श्रीमती शिल्पा पोख्रेलको सम्बन्ध ।

तीन वर्षअघि शिल्पा चौथो श्रीमतीको रूपमा निर्माता छविराज ओझाको घर भित्रिएकी थिइन् जुन कुरालाई लामो समय गोप्य राखिएको थियो । छ महिना अघि मात्र यो जोडिले विवाह दर्ता गराएको थियो । छवि र शिल्पाको घरायसी झगडाले यति बेला ठूलो रूप लिइरहेको छ ।

५५ वर्षका छवि र २५ वर्षकी शिल्पाको तीन वर्ष लामो वैवाहिक सम्बन्ध अब अगाडि बढ्न नसक्ने स्थितिमा छ । शिल्पा अब कुनै हालतमा फेरि छविसँग नबस्ने बताएकी छिन् । यातना सहन नसक्ने भन्दै शिल्पाले डिभोर्सका लागि केस फाइल गरिसकेको बताएकी छिन् ।

उता छवि भने शिल्पाकै काखमा प्राण त्याग गर्न चाहने र अदालत धाउनु भन्दा आफूसँग आउन अनुरोध गरिरहेका छन् । सामान्य घर झगडा हुने गरेको भएता पनि आफूले कहिल्यै शङ्का गरेर शिल्पामाथि हात नउठाएको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७