कट्रिना आजबाट ३६ बर्षमा


३१ असार २०७६, मंगलवार
katrina kaif

काठमाडौं, ३१ असार । बलिउड नायिका कट्रिना कैफ आज आफ्नो जन्मदिन मेक्सिकोमा मनाउँदैछिन् । उनी, आजबाट ३६ बर्षमा प्रवेश गरेकी छिन् ।

हालै मात्र उनी अभिनित चलचित्र ‘भारत’ बक्स अफिसमा हिटa भयो । कट्रिनाको प्रेम जीवन पनि चर्चामा रहेको पाइन्छ । उनी, नायक सलमान खानसँग केही समय प्रेममा थिइन् । सलमानसँग प्रेममा रहँदा नै उनको र नायक रणवीर कपुरको सम्बन्ध जोडियो ।

रणवीरसँग उनको प्रेम ६ बर्ष चल्यो । तर, शंकै शंकाले उनी र रणवीर अहिले अलग भइसकेका छन् । रणवीरसँग अलग भएपछि कट्रिना फेरि सलमानसँग नजिक भएको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ । कट्रिना हाल चलचित्र ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७