साउन १ गतेदेखि महँगिदै इन्टरनेट


३१ असार २०७६, मंगलवार
internet group 1 1

काठमाडौं, ३१ असार । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात भोलि (बुधबार) देखि इन्टरनेट महाँगिने भएको छ ।

सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७