इन्टरनेट शुल्क नबढाउने


१ श्रावण २०७६, बुधबार
internet group 1 1

काठमाडौं, १ साउन । नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि टेलिकमले भने इन्टरनेट सेवाको महसुल दरमा कुनै वृद्धि नगरिएको जनाएको छ ।

टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखेको दाबी गरेको छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ । शुल्क बढाएइएको छैन ।’

यस्तै सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमको दाबी छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७