झापालाई मुख्यमन्त्री कपको उपाधि


१ श्रावण २०७६, बुधबार
champan

धरान, १ साउन । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि सैनिक युथ क्लब, झापाले जितेको छ ।


मङ्गलवार भएको फाइनल खेलमा झापाको सैनिक युथ क्लबले मोरङको बेलबारी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मुख्यमन्त्री कप उपाधि हासिल गरेको हो ।

धरान रङ्गशालामा भएको फाइनल खेलमा झापाका खेलाडी रिजन माझीले खेल सुरु भएको १ मिनेटमा नै गोल गरेका थिए । यस कारण पनि खेल आक्रामक बन्न पुगेको थियो ।
मोरङको तर्फबाट खेलाडी शौरभ कार्कीले ५१ मिनेटमा गोल गरेर खेल बराबरीमा पुगेको थियो । खेलको ६७ मिनेटमा झापाका टिम क्याप्टेन विकेस लिम्बुले गोल गरेका थिए ।

विजेता टिम सैनिक युथ क्लब झापाले नगद ४ केजी चाँदीको रनिङ ट्रफीको साथमा नगद पुरस्कार ५ लाख प्राप्त गरेका छ भने बेलबारी फुटबल क्लब, उपविजेताले नगद पुरस्कार ३ लाखको साथै ट्रफ्री प्राप्त गरेको छ । प्रदेश नं. १ बाट विजेता टिम सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट कप खेल्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेलबारी फुटबल क्लबका भूषण सुब्बा घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुब्बाले नगद पुरस्कार रु १ लाख प्राप्त गरेका छन् भने फाइनल खेलको म्यान अफ द म्याच कार्कीले नगद पुरस्कार रु १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान, वेस्ट स्ट्राइकर झापाका विकेश लिम्बू, वेस्ट कोच झापाका प्रवेश कटवाल र वेस्ट डिफेन्स झापाका विमानप्रसाद राई घोषित भए । प्रतियोगिताको वेस्ट मिडफिल्ड धरान फुटबल क्लबका उमेश राई घोषित भए । उनीहरूलाई जनही २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


पुरस्कार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको आयोजना एन्फाले गरेको हो भने संयोजन १ नं. प्रदेश सरकारले गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७