बिहे नै नगरेकी कट्रिनालाई आमा बन्ने रहर


१ श्रावण २०७६, बुधबार
katrina 1

काठमाडौं, १ साउन । बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन मेक्सिकोमा धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ ।

यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईसँगको साथीहरुले बिबाह गरिसक्नु भयो । अब तपाईको पनि पालो आएन र ?’ यो प्रश्नको जवाफमा कट्रिनाले भनिन्, ‘हो सबैले बिबाह गरिसक्नु भएको छ । तर, मेरो लागि त जोडी नै भेटिएको छैन । कोसँग बिबाह गर्ने ?’

कट्रिना आफूलाई पनि बिबाह गर्न मन लागेको तर, जोडी नपाएको बताएकी छिन् । उनले भनिन्, ‘यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि बलिउड छोड्न तयार छु । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ । म घरमा नै बसेर बच्चा हुर्काउने छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७