‘इन्स्टाको फोटो’ चोरी आरोप सेलाउन नपाउँदै कालीलाई अर्को चोरीको आरोप


१ श्रावण २०७६, बुधबार
Kali

काठमाडौं, १ साउन । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले चोरीको आरोप खेप्दै आइरहेका छन् । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई अर्को चोरीको बात लागेको छ ।

कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो । १० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ ।

महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएको महतले बताए । कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७