गीत बन्दै समृद्धि शाही


१ श्रावण २०७६, बुधबार
sambridi

काठमाडौं, १ साउन । चलचित्र ‘प्रेम गीत ३’ कलाकार छनौटदेखि नै चर्चामा आएको थियो । यस चलचित्रका लागि अर्की नयाँ बाल कलाकार फाइनल भएकी छिन् ।

आसुसेन फिल्मस् प्रोडक्सनले ‘गीत’ को भूमिकामा बाल कलाकार समृद्धि शाही ठकुरीलाई अनुबन्धित गरेको हो । केही समयअघि मात्रै २७ सय प्रतिस्पर्धीबाट गीतको भूमिकाको लागि क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन् ।

साथमा अब उनको बालापनको भूमिकालाई समृद्धि शाही ठकुरीले निभाउने भएकी छिन् । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्ने चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा फाइनल भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७