मन्दिरमा बलि दिने क्रममा भागदौड मच्चिँदा सातजना घाइते


१२ आश्विन २०७४, बिहीबार
बली

बैतडी: बैतडीको प्रसिद्घ देहिमाडौँ निंगलाशैनी भगवती मन्दिरमा बिहिबार राँगाको बलि दिने क्रममा भागदौड मच्चिँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका –६ का ११ वर्षीया कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट , दशरथचन्द नगरपालिका १ गुरुखोलाका ७२ वर्षीया देवसिंह ऐरी, दशरथचन्द नगरपालिका -४ का २२ वर्षीय दीपेन्द्र वोहरा, ४० वर्षीया खिमा कार्की र ३० वर्षीय विनित चन्द रहेका छन् ।बली

घाइते सबैको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिए । बलि दिइरहेका वला एक्कासी भागेर आएको रांगाले हान्दा उनीहरु घाइते भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७