अनुभवका लागि आयुषले गाउँदै छन् गीत


१ श्रावण २०७६, बुधबार
Ayush KC1725

काठमाडौं, १ साउन । भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’ को गीतमा भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गर्न सफल आयुष केसीले फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ स्वर दिने भएका छन् ।

चलचित्रमा अभिनित बाल कलाकार अनुभव रेग्मीको लागि आयुषले पाश्र्व स्वर दिन लागेका हुन् । केही दिन अगाडि चलचित्रको ‘आज नगद भोलि उधारो’ गीत सार्वजनिक भएको थियो, जसमा आर्यनसँग हाँस्यकलाकार दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छन् ।

चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरि पौडेल, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेस प्रधान, सलोन बस्नेतलगायतका कलाकारहरूको अभिनय रहेको छ । सामिप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्रमा कविता रेग्मी कार्यकारी निर्माता रहेकी छिन् भने विशाल चाम्लिङ निर्माता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७