अब फोन एक हजार ६३५ र पोस्टपेड सिम ९४५ रुपैयाँमै


१ श्रावण २०७६, बुधबार
ntc

काठमाडौं, १ साउन । नेपाल टेलिकमले टेलिफोन तथा पोस्टपेड मोबाइल सेवन पहिलेको भन्दा सस्तोमा उपलब्ध गराउने भएको छ ।

आर्थिक विधेयक २०७६ को दफा १४ (१) व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले टेलिफोन र पोस्टपेड मोबाइलको भाउ घटाएको हो ।

जसअनुसार अब एक हजार ६३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९४५ रुपैयाँमा पोस्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोस्टपेड मोबाइलका लागि एक हजार ५१० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै त्यो विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७