प्रियंकालाई दर्शकले बोल्ड भूमिकामा कहिले देख्ने ?


१ श्रावण २०७६, बुधबार
priyanka karki

काठमाडौं, १ साउन । यो बर्षको शुरुवातमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ मा नायिका कार्कीलाई दर्शकले आइटम गीतमा मात्र देख्न सक्छन् । कलाकारको नाम हेर्ने हो भने नायिका प्रियंका कार्कीको नाम अगाडि छ ।

नायिका कार्कीले सोलो रुपमा हिट चलचित्र त दिन सकेकी छैनन् । उनलाई मात्र पर्दामा देखाएर निर्माताले आशा गरेका ‘सुन्तली, बटर फ्लाई, प्रेमदिवस’ जस्ता चलचित्र फ्लप भएका थिए । ठूला ब्यानरमा चल्तीका कलाकार भएका चलचित्रमा मिसिएर उनी हिट भइन् । प्रियंकालाई दर्शकले ठूलो पर्दामा बोल्ड भूमिकामा देख्न चाहिरहेका छन् । प्रियंकाबाट दर्शकले सोलो हिटको अपेक्षा गरेका छन् ।

कार्की भने जसोतसो हुलमुलमै रमाएर यो क्षेत्रमा टिकिरहने दाउमा छिन् । उनले, हालैमात्र शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा संझौता गरिकी छिन् । तर, चलचित्रको मुख्य नायक–नायिकाका लागि भने कलाकार तय हुन नै बाँकी छ । नायिका कार्की भने हुलमुलका चलचित्रमा नै रमाएर बसिरहेकी छिन् । उनको यो शैलीकै कारण दर्शकले उनलाई पत्याउन पनि छाडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७