साईनो लक्की हुनेमा ढुक्क छिन् मिरुना


२ श्रावण २०७६, बिहीबार
miruna magar

काठमाडौं, २ साउन । चलचित्र ‘लालपूर्जा’ बाट डेब्यू गरेकी नायिका मिरुना मगरलाई सुन्दर नायिकाको रुपमा चिनिन्छ ।

मिरुनाले दोस्रो चलचित्र ‘रोज’ मा अहिलेका चल्तीका नायक प्रदिप खड्कासँग पनि काम गरिन् । तर, प्रदिप मिरुनाका लागि लक्की हुन सकेनन् । अहिले मिरुनाको अभिनय रहेको चलचित्र ‘साईनो’ रिलिजको तयारीमा छ । पहिलो नायिका भुवन चन्दले निर्माण गरेको यो चलचित्रमा मिरुनाको मुख्य भूमिका छ । चलचित्रबाट उनी निकै नै आशावादी छिन् ।

यो चलचित्र सफल भएको खण्डमा सुन्दर नायिका मिरुना मगरले पहिलो पटक सफलता हात पार्ने छिन् । सुन्दरताको मात्र होइन उनको स्टारडमको चर्चा पनि बढ्नेछ । लण्डनबाट नेपाल आएर चलचित्रमा व्यस्त बनेकी मिरुना मगरलाई ‘साईनो’ लक्की हुनेमा आशा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७