शिल्पाका सुपरफल्प चलचित्रले करिअर अगाडि बढ्ला त ?


२ श्रावण २०७६, बिहीबार
shilpa maske

काठमाडौं, २ साउन । चलचित्र ‘दि ब्रेकअप’ रिलिजको समयमा नायिका शिल्पा मास्केको खुबै चर्चा भयो । हलिउडमा समेत काम गरिसकेकी शिल्पाले पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाइन् । व्यापारिक रुपमा भने चलचित्र सफल हुन सकेन ।

हेमराज वीसीको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पाले आशिरमान देशराज जोशीसँग जोडी बाधेकी थिइन् । रिलिज पूर्व निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यो चलचित्रले हलमा भने दर्शक पाएन । पहिलो चलचित्रबाट असफलताको ट्याग पाएकी शिल्पाले दोस्रो चलचित्रबाट पनि उक्त ट्यागलाई आफूबाट अलग गर्न सकिनन् । उनी अभिनित दोस्रो चलचित्र ‘काजगपत्र’ पनि बक्स अफिसमा असफल नै रहयो ।

यसै साता शिल्पाको तेस्रो चलचित्र ‘सानो मन’ रिलिज भयो । यो चलचित्रले आफ्नो असफलताको ट्यागलाई हटाउने उनको विश्वास थियो । तर, यो चलचित्रले पनि शिल्पालाई सफलता दिएन । काम र सुन्दरताको प्रशंसा नै भए पनि शिल्पाले सफल चलचित्र भने दिन सकेकी छैनन् । कलाकारका लागि हिट चलचित्र आवश्यक पर्दछ । शिल्पाको असफल चलचित्रको क्रम रोकिएन भने उनका लागि चलचित्र क्षेत्रमा करिअर अगाडि बढाउन गाह्रो हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७