गाउँपालिका साक्षर घोषणा


१ पुष २०७४, शनिबार
Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

बाबियाचौर: म्याग्दीको मंगला गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर घोषणा गरिएको हो ।Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बाबियाचौरमा आयोजना गरेको घोषणा कार्यक्रममा १५ देखि ६० वर्ष उमेर समूहका ११ हजार ७०८ जनामध्ये ९६।३५ प्रतिशत साक्षर बनेको जानकारी गराइएको थियो । छ वटा स्थानीय तह रहेको म्याग्दीका मंगला गाउँपालिकासहित पाँच वटा स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ ।

बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो । जिल्लाका ४५ मध्ये हालसम्म ४३ वडा साक्षर घोषणा भइसकेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । पुस १४ गते धौलागिरि गाउँपालिकाको ५ मल्कवाङ र ७ ताकमलाई साक्षर घोषणा गर्ने योजना रहेको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षरता प्रतिशत बढोत्तरीले जिल्लाको परिचय बढ्ने र घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७