आइएमइ मोटर्स र कामना सेवाबीच व्यापार सम्झौता


२ श्रावण २०७६, बिहीबार
kamana bikas bank and ime motors

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंक लिमिटेड र आइएमइमोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । मंगलबार सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रा. लि.को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईबीच सम्झौतामा हस्ताक्षर भउको हो ।


यस सम्झौताअनुसार आइएमइमोटर्स प्रा. लि. मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा असोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९४ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोबाइल बैकिङ, सि–एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७