काठमाडौं महानगरका सबै वडा कार्यालयमा फ्रि वाइफाई सेवा
काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाई) सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो ।
यो सेवा सुरु भएपछि वडा कार्यालयमा आउने सेवाग्राहीलाई सूचना प्रविधिमा सहज पहुँच दिन सेवा थालिएको मेयर विद्यासुन्दर शाक्यले बताए । महानगरपालिकाले यसअघि नै सबै वडा कार्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो । महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानलाई पनि फ्रि वाइफाइ जोनका रुपमा विकास गर्न पनि तयारी गरिरहेको छ ।
रत्नपार्क महानगरपालिकाभित्र फ्रि वाइफाइ क्षेत्र भइसकेको छ । महानगरपालिकाकाले डिजिटल नक्सापास सेवा पनि सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको सुरुवात भएको हो ।
महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो । अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको मेयर शाक्यले जानकारी दिए ।