माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढे ,१ अर्ब ७० करोड रुपैयाँ खुद नाफा


३ श्रावण २०७६, शुक्रबार
Machhapuchhere

काठमाडौं,३ साउन । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४र७५ मा बैंकले एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।


बैंकको सेयर पुँजी ८ अर्ब ५ करोड रुपैयाँ छ । विभिन्न रिजर्भसहित बैंकको कोर क्यापिटल ११ अर्ब २४ करोड रुपैयाँ छ । पुँजी पर्याप्तता अनुपान १२.८८ प्रतिशत देखिएको छ ।

बैंकले असार मसान्तसम्ममा करिव ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा सापटी ७५ अर्ब २९ करोड र सेयरमा लगानी ११ अर्ब १५ करोड छ । तरलता अभागका वाबजुत बैंकले गत वर्ष १४ अर्ब निक्षेप वृद्धि गरेको छ भने १३ अर्ब कर्जा सापटी वृद्धि गरेको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले ३ अर्बभन्दा बढी लगानी थपेको छ । बैंकको वासलात १ खर्ब १२ अर्ब रुपैयाँको भएको छ ।

बैंकको महत्वपूर्ण परिसूचकहरुमा राम्रो सुधार देखिएको छ । खराव कर्जा शुन्य दशमलव ३७ प्रतिशतमा झरेको छ । बेस रेट घटेर १०.३७ भएको छ । त्यस्तै स्प्रेड दर ४.२७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार स्प्रेड दर साढे ४ प्रतिशतभन्दा कम हुनु पर्नेछ । कर्जा निक्षेप अनुपत करिव ७७ प्रतिशतमा सीमित रहेको छ । कष्ट अफ फण्ड केही बढेर ७.८८ प्रतिशत पुगेको छ ।

यस बैंकको सेयर मूल्य प्रतिकित्ता २७१ छ भने मूल्य आम्दानी अनुपात १२.४८ छ । प्रति सेयर नेटवर्थ १३९.५७ रहेको छ । पुँजी पर्याप्तता अनुपात टाइट हुँदै गएकोले चालु आर्थिक वर्षमा विजनेश विस्तार गर्ने बैंकले सेयरधनीलाई बोनस सेयर दिनुपर्ने देखिएको छ । यदि ऋणपत्र जारी गर्ने वा अन्य सहायक पुँजी थप्ने वा मर्जरमा जाने बाटो समात्यो भने बैंकले सेयरधनीलाई नगद लाभांश मात्र दिनसक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७