फिप्नाको नयाँ नेतृत्व आइतबार छानिने


Author
१ पुष २०७४, शनिबार
mani bangdel 300x279 rana magar

न्यू योर्क : नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को नयाँ नेतृत्व आइतबार छानिने भएको छ । फिप्नाको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्र्दैछ ।
अधिवेशन क्वीन्सस्थित शेर्पा किदुगको हलमा हुने भएको छ । अधिवेसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष मणि बाङदेल र पूर्व महासचिव मानबहादुर रानामगर छन् । बाङ्देलले फिप्नामा दुर्इ कार्यकाल बर्ष वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका छन भने रानामगर फिप्नाकाे  सल्लाहकार समेत हुन् ।mani bangdel 300x279 rana magar

शनिबार फिप्नाले महाधिवेसनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअनुसार उमेद्वारी दर्ताका लागि शनिबार ५ बजे सम्मको समय तोकिएको छ । उमेद्वारी दावी विरोध आइतबार १ बजे सम्म गर्न पाइन्छ । उमेदवारको अन्तिम नामावली दिउँसो २ बजे प्रकाशन गर्ने र ३ देखि ५ बजे सम्म मतदान हुने फिप्नाले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७