मौका मिल्यो कि मेस्सीको ‘हट’ मस्ती


३ श्रावण २०७६, शुक्रबार
Messi 04 1iR3FupPRP

काठमाडौं, ३ साउन । बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी वर्षभरजसो व्यस्त रहन्छन् । तर, व्यस्त दैनिकीबीच पनि मेस्सी थोरै समय निस्किँदा पनि परिवारका लागि सदुपयोग गर्न पछि पर्दैनन् । उसो त खेल जीवनमा व्यस्त हुने भएका कारण पनि मेस्सीलाई परिवारका लागि पर्याप्य समय दिन कठिन हुने गर्छ । तर, उनी थोरै समयलाई पनि परिवारसँग मस्ती गर्न छुटाउँदैनन् ।

Messi 0 QqCjUZbvpO

क्लबका सहकर्मी नयाँ सिजनको तयारी खेलमा जुटिरहेको बेला बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी भने श्रीमती र छोराहरुसँग रमाई रहेका छन् । प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका छन् ।

मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन । उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताइएको छ । कोपा अमेरिका कपको सेमिफाइनलबाट अर्जे्न्टिना बाहिरिएपछि मेस्सी निकै तनाबमा थिए । विस्तारै सम्हालिएका मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् ।

Messi 01 XwctP6GzNk

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गर्दैछ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गर्न लागेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेल्दैछ । प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ । उनी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने साविक विजेता बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको शुरुवात गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७