विप्लवमाथि प्रतिबन्धको ५ महिना : गयो १० जना नेपालीको ज्यान, ५ जना विप्लवको आफ्नै ‘एम्बुस’मा


३ श्रावण २०७६, शुक्रबार
kp oli and biplab

काठमाडौं, ३ असार :  २८ फागुन २०७६ मा सरकारले सबैलाई ‘सरप्राइज’ दिदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।

२८ फागुन अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म भएको मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धका प्रस्तावक थिए, कुनैबेलाका उनकै सहयोद्धा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ।

‘विप्लव’माथि प्रतिबन्धको लगाउने वाताबरणको तीन घटना थियो । पहिलो फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट । विस्फोटमा लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गयो ।

दोस्रो, २५ फागुनमा बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट । सिलिन्डर बम विस्फोटबाट मानवीय क्षति नभए पनि गुरुङको सवारी साधन र घरमा क्षति पुग्यो ।

तेश्रो ‘विप्लव’ समूहका प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रक्राउ परेको बेला बरामत डायरी । जहाँ आफ्नो नाम समेत हत्या गर्ने सूचीमा रहेको भन्दै प्रचण्ड आक्रोशित भएका थिए । यिनै घटनाहरुपछि सरकारले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।

गयो १० जना नेपालीको ज्यान
प्रतिबन्ध लगाएकोे ४ महिना ६ दिन बित्दा सत्ताको नेतृत्व गरेको नेकपा र सरकारले वार्ताको लागि पहल तिब्र बनाएको छ । स्रोतका अनुसार सरकार र नेकपा नेतृत्वलाई वार्ताको माध्यमबाटै समधान गर्न सबैले सुझाएका छन् ।

यसबीचमा ‘विप्लव’ समूह र प्रहरी गरी १० जनाले ज्यान गुमाए । ज्यान गुमाएका १० मध्ये ५ जना ‘विप्लव’समूहका ५ नेता तथा कार्यकर्ताले भने आफ्नै कारणले ज्यान गुमाएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा १, काठमाडौंमा ५ र कैलालीमा १ गरी ९ जना ‘विप्लव’ समूहकाले ज्यान गुमाएका छन् । भोजपुरमा एक प्रहरीको ज्यान गयो ।

कारण आफ्नै
गत जेठ ९ गते भोजपुरमा तीर्थ घिमिरेको प्रहरी कारबाहीमा ज्यान मृत्यु भयो । ‘विप्लव’ समूहले यसलाई हत्या भनेका छन् । घटनाको प्रकृति हेर्दा ‘विप्लव’ समूहको दाबीमा सत्यता देखिन्छ । ‘विप्लव’ समूहले त्यसको बिरुद्धमा १३ जेठ २०७६ मा नेपाल बन्दको घोषणा गर्यो ।

यही बन्दको पूर्वसन्ध्यामा जेठ १२ गते अपराह्न सवा ४ बजे अनामनगर र सुकेधारामा एकै समयमा बम विस्फोट भयो । अनामनगरमा बम बनाइराखेका विप्लव कार्यकर्ता प्रज्वल शाहीले ज्यान गुमाए । सुकेधारामा विप्लव समूहका दीपेन्द्र विश्वकर्मा, गोपाल थापा मगर र कृष्ण भण्डारी निरन्तरको मृत्यु भयो । उनीहरु ५ जनाले अरु कसैको कारण नभएर आफ्नै कारण ज्यान गुमाएका थिए ।

२ साउन २०७५ मा कैलालीको धनगढीस्थित सहिद चोकमा विस्फोट भयो । विस्फोटनमा घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका–१४ का राजेश भनिने रामबहादुर सिंहको उपचार क्रममा बिहीबार राति मेट्रो अस्पतालमा ज्यान गयो । उनलाई पनि कसैले मारेका थिएनन् । आफ्नै झोलामा बोकेको विस्फोटक पदार्थ पड्किएर ज्यान गुमाएका थिए । सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिदै राजेशलाई सहिद घोषणा गरेका छन् ।

असार ५ गते सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरी गोली लागेर गुमाए । २५ असार २०७६ मा भोजपुरमा ‘विप्लव’ समूहका ओखलढुङ्गा जिल्ला इञ्जार्ज नीरकुमार राई ‘प्रशान्त’ मारिए । एक सातादेखि सदरमुकामा घुमिरहेका प्रशान्त आफ्नै असाबधानी कारण मारिएका थिए । त्यही घटनामा प्रहरी जवान सञ्जीव राई मारिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७