अल्ट्रा रेसकी विश्व च्याम्पियन मीरा राईको नाममा रंगशाला


४ श्रावण २०७६, शनिबार
Mira Rai

भोजपुर, ४ साउन :  अल्ट्रा रेसकी विश्व च्याम्पियन मीरा राईको नाममा अत्याधुनिक रंगशाला बन्ने भएको छ । मिराको सम्मानमा उनकै जन्मस्थान पौवादुङमा गाउँपालिकाले ‘मिरा राई रंगशाला’ निर्माण गर्ने भएको हो ।


मिराको सम्मानमा अत्याधुनिक रंगाशाला निर्माण गर्न लागिएको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । यस बर्षको गाउँपालिकाको गाउँ सभा बैठकले गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा रंगाशाला निर्माण गर्ने निर्णय गरेको हो । रंगशालाको लागि डिपिआर समेत तयार पारेर गाउँपालिकाको बैठकबाट पारित गरिएको उनले बताए । 

करिब ५५ मा रंगशाला निर्माण गरिने अध्यक्ष राईको भनाई छ । अहिलेसम्म रंगशाला निर्माणको लागि २ करोड खर्च समेत भइसकेको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय र लगानीमा यो निर्माण गरिने राईको भनाई छ । तीन बर्षमा निर्माणको लक्ष्य राखेर काम सुरु गरिएको उनको भनाई छ ।

भोजपुर सानेदुम्माकी मिरा अल्ट्रा रेसकी विश्व च्याम्पियन हुन् । विश्व च्याम्पियनको सम्मान स्वारुप रंगशाला निर्माण गर्न लागिएको अध्यक्ष राई बताउँछन् । उनले नयाँ पेजसँग भने,‘नेपाली चेली विश्व च्याम्पियन बनेकी छिन् । उनको उचित सम्मान र कदर आजसम्म भएको छैन । कम्तीमा उनको जन्मस्थलमा भएपनि सम्मान होस् भनेर हामीले यो कामको सुरुवात गरेका हौं ।’

रंगशाला निर्माणको निम्ती सरकारीसँगै विदेशी दाता र सहयोगीहरुलाई समेत आह्रवान गरिने बताए । भने, ‘हामी जसरी हुन्छ, यो तोकिएको समयमा निर्माण गर्न चहान्छौं ।’

यस्तो हुनेछ रंगशाला :

stadium Nepal Bhojpur stadium Nepal stadium Nepal Mira Rai Mira Rai is a trail runner Mira Rai stadium Nepal Mira Rai Stadium Mira stadium bhojpur stadium Rai Mira Rai is a trail runner Stadim Mira Rai is a trail runner Bhojpur Mira Rai is a trail runner Bhojpur 2 stadium Mira Rai is a trail runner Nepal Bhojpur stadium 

 

को हुन् मिरा राई ?

mira rai

अल्ट्रा रेसकी विश्व च्याम्पियन मीरा २०७३ सालमा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड विजेता हुन् । माघ, २०७१ मा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिकी थिइन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता हो ।

अयोग्यदेखि विश्व च्याम्पियनसम्म
भोजपुर सानो दुम्माना मा सानो दुम्माकी मीरा राई खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मीएकी पूर्व माओवादी लडाकु हुन् ।ृ२े भोजपुरको सानो दुम्मा गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो ।

आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दथीन् । एसएलसी सम्म जसोतसो पास गरिन् । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् । सानै उमेरबाट माओवादीमा लागेकी मीरा अयोग्य लडाकुको रुपमा शिविरबाट बाहिरिनु परेको थियो । दुनिया बदल्न भन्दै लडाकु बनेकी मीरालाई अयोग्य घोषित गरिएपछि घर फर्कन समेत मन लागेन् ।

शिविरमा उनले खेल सिकेकी थिइन् । खेलबाट केही गर्न चाहन्थिन तर आर्थिक अभावका कारण उनका लागी सम्भव थिएन र उनलाई हेरिदिने पनि कोही भएन् । उनको दौडमा रुचि भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन्।

यसै क्रममा मजदुरीका लागी मलेसिया जाने तयारी गरिन मीराले तर खेल गुरु धुव्र बिक्रम मल्लले केही समय खेलकुद क्षेत्रमै प्रतिक्षा गर्न उनलाई सुझाव दिए । एकदिन लहैलहैमा अल्ट्रा म्याराथनमा मीराले भाग लिइन र पहिलो खेलमा नै उनी प्रथम भइन् । सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भइन् ।

मीरा २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।मीरा राईले सन् २०१४ को मुस्ताङ ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन् ।

हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि विजेता बनेकी थिइन । उनले सो दौड १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरि पदक हात परेकी थिइन् ।त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्।

त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्। मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’ यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७