फेरि विवादमा साम्राज्ञी,रोमान्स गरेको तस्बिर बाहिरिए


५ श्रावण २०७६, आईतवार
Samragyee R L Shah1

काठमाडौं,५ साउन । शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तस्बिर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ ।

तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तस्बिरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।

हुनत, सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् । तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् ।


नेपालमा कुर्था-सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज-पोजका तस्बिर सामाजिक सञ्जालमा साझेदार गर्छन् । तर, कहिले काहिँ साधारण लागेको तस्बिरले पनि असाधारण रुप धारण गर्ने गर्छ । अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएकोतस्बिर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७