सचिवालय बैठक अघि पूर्व एमाले र माओवादी केन्द्रको अलग–अलग बैठक


५ श्रावण २०७६, आईतवार

काठमाडौं, ५ साउन । पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक (आज) आइतबार दिउँसो एक बजे बस्ने भएको छ ।

आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेकपा नेताहरुले जानकारी दिएका छन् ।

यसैका लागि पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको अलग अलग बैठक बसेको छ । शनिबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने, आइतबार बिहान पूर्व माओवादी केन्द्रपक्षधर नेताहरुको बैठक बसेको छ ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा दुवै पक्षले आ–आफ्ना धारणा तय गर्न बैठक राखेका हुन् । यसअघि विभिन्न अध्यक्ष केपी ओली र प्रचण्डबीच संख्यामा सहमति भए पनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व माओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् ।

नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ वटा पाउने सहमति भइसकेको छ । नेकपाको महत्वपूर्ण विभागहरुमध्ये अर्थ, संगठन, प्रचार र विदेश विभाग कसले पाउँछन् भन्ने चासो बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७