ट्याक्सी स्ट्याण्डसँगैको झाँडीमा महिलाको शव फेला


५ श्रावण २०७६, आईतवार
Death

भक्तपुर, ५ साउन । सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ ।

सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उनले बताए । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७