सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक सम्झौता


५ श्रावण २०७६, आईतवार
sagila bank

काठमाडौं,५ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष श्री सुमन रायमाझीकाे हस्ताक्षर गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्फत सहज तथा सरल रुपमा परामर्श लिन सकिन्ने छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको हाल संचालनमा रहेका ८६ वटै शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७