ललितपुरको चापागाँउमा खुल्यो प्रभुबैंकको नयाँ शाखा


५ श्रावण २०७६, आईतवार
prabhu bank chapagaun DSC 7

काठमाडौं,५ साउन । प्रभे बैंकले ललितपुरको चापागाँउमा खुल्यो प्रभु बैकको नयाँ शाखा बिस्तार गरेको छ ।


 चापागाँउका प्रभू बैंकको १ सय ८८औं शाखा खुलेको छ ।गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार विधिवत रुपमा शाखाको उद्घाटन गरे । प्रभु बैकका देशभर १५० भन्दा बढी एटिएम बुथ रहेको छ भने एक्टेन्सन काउन्टर २४ बटा खुलेका छन् ।


बैकका सिइओ अशोक शेरचनले प्याङ्गगाँउमा खुलेको यो बंकले स्थानीय क्षेत्रमा साना लगानीका क्षेत्रमा सञ्चालित उद्योगमा लगानी गर्ने वताए । उनले भने, ‘बैंकले ७ किसिममा कृषि,महिला उत्थान,दलित उत्थान,वेरोजगार , युवा, प्रविधि र शिक्षामा सहुलियतपूण ऋणमा लगानी गर्नेछ ।’ शेरचनले स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको धारणा व्यक्त गरेका थिए ।
नगरका मेयर गजेन्द्र महर्जनले नगरपालिका क्षेत्रमा ५० लाखको रुपैयाको सिसि क्यामेरा जडान गर्न लागेको जानकारी दिदै लगानीकर्ताले ढुंक्क भएर काम गर्न अनुरोध गरे । स्थानीय क्षेत्रमा सञ्चालित खानी र क्रसरमा लगानी गरेर बैंकले लाभ लिन सक्ने उनको सुझाव थियो ।

बैंकका संचालक रमेशसिंह खड्काले बैंकले स्थानीय सरकारको विकासमा सघाउदै काम गर्न चाहेका वताए । बैकका शाखा प्रमुख दिपक खरेलका अनुसार बैंकले औपचारिक कारोबार आइतबारबाट शुरु गरिसकेको छ । खरेलले भने, ‘बैंकमा आएर अब स्थानीयले खाता खोल्न र पैसा जम्मा गर्न सक्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७