दुई किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ


५ श्रावण २०७६, आईतवार
sun 6

काठमाडौं, ५ साउन । अबैध रुपमा लुकाई छिपाई ल्याएको झण्डै दुई किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं–५ स्याफ्रोबेशी घर भएका बर्ष १७ का भिमबहादुर तामाङ रहेका छन् । प्रहरीले तामाङलाई चन्द्रागिरी नगरपालिका २ नागढुंगामा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले बिशेष सूचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबाहक बसलाई गोप्य सूचनाको आधारमा चेक गर्दा दुई केजी सुनसहित तामाङलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने क्रममा उनीबाट कम्बरमा बाँधिएको सुन बरामद गरिएको हो । उनले ६ सेमि लम्बाई र ११ सेमि मादल जस्तो गोलाई भएको सुनसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
तामाङ सुन कम्बरमा बोकेर रसुवा गल्छी हुँदै भैरहवाबाट काठमाडौं आउँदै थिए । प्रहरीले उनलाई सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७