यी हुन् नेकपाले तोकेका ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सह-इञ्चार्ज (सूचीसहित)


५ श्रावण २०७६, आईतवार
ncp

सन्तोष साह
काठमाडौं, ५ साउन :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला र ६ महानगरलाई समेत जिल्लाकै मान्यता दिदै ८३ इञ्चार्जसहित सह–इञ्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको बताए ।

‘आजको बैठकबाट ७७ जिल्ला र जिल्लाकै मान्यता पाएको ६ महानगरपालिकामा इञ्चार्ज र सह–इञ्चार्ज तोक्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘अर्को बैठकबाट बिभाग, आयोग, प्रवाससहित अन्य निकायहरुको एकिकरण टुंगो लगाउने छौं ।’

बैठकबाट बिभाग, आयोग, प्रवास, पोलिटव्युरो कमिटी गठनलगायतको एकता टुंगो लगाउने एजेण्डा थियो । तर सहमति हुन नसक्दा मंगलबार पुन बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने बताईएको छ । आउँदो मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा शीर्ष नेताहरुबीच भएको पूर्व सहमति अनुसार ८३ जिल्ला इञ्चार्जमा तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इञ्चार्ज पाएका छन् । एमालेको इञ्चार्ज भएको जिल्लामा माओवादीको सहइञ्चार्ज र माओवादीको इञ्चार्ज भएको जिल्लामा एमालेले सह–इञ्चार्ज पाएका छन् ।

नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भएको सहमति अनुसार जुन पार्टीका जिल्ला इञ्चार्ज थिए उसैले पाउने गरी टुंगो लगाईएको छ ।

बैठकमा भएको बिवादका कारण कतिपय जिल्लाले सह–इञ्चार्ज पाउँन सकेका छैनन् भने कतिपय जिल्लामा १० जनासम्म सहइञ्चार्ज बनाएर बिवाद समाधान गर्ने प्रयास गरिएको छ । सचिवालय सदस्य बामदेव गौतमका अनुसार केही जिल्ला बाहेक सबै जिल्लामा सहइञ्चार्ज तोकिएको र केही जिल्लामा आवश्यकता भन्दा बढी नै सहइञ्चार्ज राख्दै विवाद समाधान गर्ने प्रयास गरिएको बताए ।

सचिवालय बैठक बस्नु अघि तत्कालीन एमाले र माओवादी केन्द्रको छुटाछुटै बैठक बसेको थियो । एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको खुलमटारस्थित प्रचण्ड निवासमा बैठक बसेको थियो ।

नेकपा स्रोतका अनुसार स्कुल बिभागमा सचिवालय सदस्यद्धय नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल दुबैले दावी गरेपछि बिभागको टुंगो लाग्न नसकेको हो । सचिवालय बैठक अघि दुबै पार्टीको छुटाछुटै बैठक बस्दै आफ्ना भागमा परेका बिभागीय प्रमुख चयन गर्ने बिषयमा छलफल गरेको थियो ।

नेकपाका ३२ वटा विभागमा भागबण्डाको सहमती यसअघि नै भईसकेको थियो । ३२ बिभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालिन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

नेकपा सचिवालयमा रहेका तत्कालीन एमालेका ६ नेताहरु आफ्नो पक्षको नेतृत्व टुंगो लगाएका सकेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल सो बैठकमा सहभागी रहेको थियो ।

बैठकले बिदेश बिभाग प्रमुखमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता नेपाल र संगठन बिभागमा गौतमलाई बनाउँने सहमति भईसकेको थियो । यसैगरी अर्का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने सहमति भएको छ ।

तोकिएन २४ जिल्लाको सह–इन्चार्ज तोकिएनन्
 तर, २४ स्थानमा भने सह–इन्चार्ज खाली राखिएको छ ।  सहइन्चार्ज नतोकिएका जिल्लाहरुमा ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम छन्।

त्यसै गुल्मी, प्युठान, कालीकोट, हुम्ला, डोल्पा र दार्चुलाले पनि सहइन्चार्ज पाएका छैनन् । यसैगरी काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकामा सहइन्चार्जमात्रै तोकिएको छैन ।

इन्चार्ज र सहइन्चार्जको नामावली :

ताप्लेजुङ इन्चार्ज – भाष्कर काफ्ले

पाँचथर इन्चार्ज– इन्द्रबहादुर आङ्बो, सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फे

इलाम इन्चार्ज– धीरेन्द्र शर्मा

झापा इन्चार्ज– रबीन कोइराला, सहइन्चार्जमा देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशी

मोरङ इन्चार्ज– घनेन्द्र बस्नेत, सहइन्चार्ज गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे र महेश रेग्मी

सुनसरी इन्चार्ज – धर्मराज निरौला, सहइन्चार्ज एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी

धनकुटा इन्चार्ज – हेमराज भण्डारी

तेह्रथुम इन्चार्ज – जयन्ती राई, सहइन्चार्जमा दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा

सङ्खुवासभा इन्चार्ज – राजेन्द्रकुमार राई, सहइन्चार्जम राजेन्द्र कार्की

भोजपुर इन्चार्ज – सुदन राई किराती, सहइन्चार्जमा हरिबहादुर राई

खोटाङ इन्चार्ज – विशाल भट्टराई, सहइन्चार्जमा दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की

सोलुखुम्बु इञ्चार्ज – शिवबहादुर बस्नेत, सहइन्चार्ज – हेमकुमार राई

ओखलढुङ्गा इन्चार्ज– यज्ञराज सुनवार

उदयपुर इन्चार्ज – बलदेव चौधरी, सहइन्चार्जमा मञ्जुकुमारी चौधरी

विराटनगर महानगरपालिका इन्चार्ज – शिवकुमार मण्डल

सप्तरी इन्चार्ज – रामप्रीत पासवान

सिरहा इन्चार्ज – लीलानाथ श्रेष्ठ, सहइन्चार्जमा अजयशङ्कर नायक, गङ्गाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरी

धनुषा इन्चार्ज – जोगकुमार बर्वरिया, यादव सहइन्चार्जमा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतो

महोत्तरी इन्चार्ज – राजु खड्का, सहइन्चार्जमा प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल र सरोज यादव

सर्लाही इन्चार्ज – डाचाराज वाग्ले, सहइन्चार्जमा अच्युतम काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोवी र लक्ष्मण पौडेल

रौतहट इन्चार्ज – युवराज भट्टराई, सहइन्चार्जमा कल्याणीकुमारी खड्का र सरलाकुमारी यादव

बारा इन्चार्ज – बलवीरप्रसाद चौधरी, सहइन्चार्जमा गोपाल ठाकुर र ज्वालाकुमारी शाह

पर्सा इन्चार्ज – नागेन्द्र चौधरी, सहइन्चार्ज र रामचन्द्र शाह तेली

वीरगञ्ज महानगरपालिका इन्चार्ज – दिनेश राई

चितवन इन्चार्ज – कृष्ण खनाल, सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गङ्गाकुमारी बेलवासे र ज्ञानु बस्नेत सुवेदी

मकवानपुर इन्चार्ज – विरोध खतिवडा, सहइन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना

धादिङ इन्चार्ज – शालिकराम जम्मकट्टेल, सहइन्चार्ज र खेम लोहनी

हेर्नुस् सूची :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७