तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज


५ श्रावण २०७६, आईतवार
nepal cominislist party office

काठमाडौं, ५ साउन :  काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

७७ जिल्ला र ६ महानगरलाई समेत जिल्लाकै मान्यता दिदै ८३ इञ्चार्जसहित सह–इञ्चार्जको टुंगो लगाएको छ । तर, २४ स्थानमा भने सह–इन्चार्ज खाली राखिएको छ ।


आइतबार ( २०७६ साउन ५) अध्यक्षद्वय केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेकपाको केन्द्रीय सचिवालयको २७औं बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको हो । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु नतोकिएको हो ।

सहइन्चार्ज नतोकिएका जिल्लाहरुमा ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम छन्। त्यसै गुल्मी, प्युठान, कालीकोट, हुम्ला, डोल्पा र दार्चुलाले पनि सहइन्चार्ज पाएका छैनन् ।

यसैगरी काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकामा सहइन्चार्जमात्रै तोकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७