आन्द्रे इनिस्टा आफ्नो पूर्व क्लब बार्सिलोनासँग मैत्रीपूर्ण प्रतिस्पर्धामा


६ श्रावण २०७६, सोमबार
iniesta VS messi
Barcelona’s Andres Iniesta hands over the captain’s armband to Lionel Messi during a Champions League group D soccer match between FC Barcelona and Juventus at the Camp Nou stadium in Barcelona, Spain, Tuesday, Sept. 12, 2017. (AP Photo/Francisco Seco)

एजेन्सी : बार्सिलोनाका पूर्व कप्तान आन्द्रे इनिस्टा आफ्नो पूर्व क्लबसँग प्रतिस्पर्धामा उत्रिने भएका छन् ।बार्सिलोनाले क्लब मैत्रीपूर्ण खेल अन्तर्गत इनिस्टाको क्लब भिसेल कोबेसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रि–सिजन टुरमा रहेको बार्सिलोनाले जुलाई २७ तारिखमा कोबेसँग खेल्न लागेको हो । बार्सिलोना छोडेर इनिस्टा पछिल्लो समयमा क्लब भिसेल कोबेमा गगएका छन् ।

सन् २००२ मा बार्सिलोनामा आएका इनिस्टाले १६ वर्षे लामो फुटबल जीवन विताएका थिए । उनले बर्सिलोनाका लागि ४४२ लिग खेल खेल्दै ३५ गोल गरेका छन् ।

इनिस्टाले बार्सिलोनाका लागि च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे जस्ता अन्य थुप्रै उपाधि दिलाइसकेका छन् । विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको रुपमा पहिचान बनाएका उनी सन् २०१८ मा कोबेमा अनुबन्धन भएका हुन् । २७ जुलाईमा बार्सिलोनासँग हुने खेलमा उनलाई क्लब मैत्रीपूर्ण खेल भन्दा पूर्व क्लब सँगको भटको रुपमा रहनेछ ।

बर्सिलोनाले प्रि–सिजन अन्तर्गत २३ तारिखमा चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ भने आफ्नो दोस्रो मैत्रीपूर्ण खेलमा कोबेसँग भिड्न लागेको हो । बार्सिलोनाको प्रि–सिजन टुरमा कप्तान लियोनल मेस्सी भने खेल्ने छैनन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७