तीन दिनसम्म मनसुन सक्रिय हुने : तटीय क्षेत्रमा सतर्क रहन आग्रह


६ श्रावण २०७६, सोमबार
bad weather

काठमाडौं, ६ असार :  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकाले  आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई  स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

 राती: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको  हुने सम्भावना छ ।

 राती: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७