एनआरएन हङकङको अध्यक्षमा दोस्रो कार्यकालका लागि गुरुङको उम्मेदवारी दर्ता


६ श्रावण २०७६, सोमबार
Tika Gurung NRN HK

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङकी वर्तमान अध्यक्षमा राधिका गुरूङ (टीका)ले दोस्रो कार्यकालका लागि उम्मदेवारी दर्ता गरेकी छन्।

यसअघि अधिवेशन गुरूङले जोर्डनस्थित बगैचा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेकी थिइन् ।

घोषणापत्रमा हङकङमा नेपालीमाथिको प्रतिबन्धित रोजगार भिसा र गैर–आवासीय नेपाली नागरिकता ऐनका लागि सम्बन्धित निकायसंग पहल गरिने उल्लेख गरिएको छ । त्यसैगरि स्थानीय नेपाली बालबालिका, युवा र महिला केन्द्रित कार्यक्रम र भिजिट नेपाल २०२० सम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि घोषणापत्रमा रहेका छन् ।

Tika Gurung

उनले दुई वर्षे कार्यकालमा उल्लेखनीय काम भएको समेत दावी गरेकी छन् । घोषणापत्र अनुसार वर्षौदेखि हुन नसकेको संस्थाको विवरण अद्यावधिक र बैंक खाता संचालनमा आएका छन् । त्यसैगरी छैठौं एशिया प्यासफिक क्षेत्रीय सम्मेलनको आयोजना एभरेष्ट डे र भानुजयन्तीको शुरुवात उक्त कार्यकालको उपलब्धी भनी व्याख्या गरिएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले अध्यक्षकी प्रत्यासी गुरुङले आफ्नो ६ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेकी छिन् । आफ्ना अपुरा कामलाई पूर्णता दिन र समयको मागका कारण उम्मेदवारी दिएको उनको भनाई छ । एनआरएनए हङकङको सातौं अधिवेशन आगामी जुलाई २८ गते आइतबार इन्डिया क्लबमा हुँदैछ।

  Tika Gurung NRN Hongkong

NRN Hongkong

NRN

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७