आमाकै अघि चुरोट तानेपछि प्रियंका ट्रोलको शिकार, रिसाए फ्यान


६ श्रावण २०७६, सोमबार
Kya bat

मुम्बई, ६ साउन । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा धेरै कारणले चर्चामा आइरहन्छिन् । पछिल्लो समय आफ्ना पति निक जोनससँग विदाको समय बिताइरहेकी छिन् ।

उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् । उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् । भारत आसाम राज्यले उसलाई ब्रान्ड एमेस्डर बनाएको छ तर उनले बाढीपीडितका लागि सहानुभूती भन्दा अरु केही दिन सकिनन् ।

Amazing 4

उनले हालै जन्म दिन मनाएकी थिइन् । जन्म दिनका केही तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । प्रियंकाले यस पहिले भनेकी थिइन् कि, ‘उनलाई दम रोग छ ।’ दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गाली समेत गरेका छन् । १८ जुलाईमा प्रियंकाको जन्मदिन थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७