हट फोटोप्रति आलोचना गर्नेलाई साम्राज्ञीले भनिन्, ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’


६ श्रावण २०७६, सोमबार
Samragi

काठमाडौं, ६ साउन । अन्तरङ्ग तस्विरको विषयलाई दिएर अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला सर्वत्र चर्चा छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको छ ।

Samragyee R L Shah1

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

केही दिनदेखि लगातार आफ्नोबारेमा आलोचना भएपछि अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्नेमाथि नेपाली उखान ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समय अगाडि बाली पुगेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७