मनाङ मस्र्याङ्दीलार्इ दुहवी गोल्डकपको उपाधि (फाेटाेफिचर)
बेलबारी : दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदीको क्लबले जितेको छ । सुनसरीको दुहवी रङ्गशालामा जारी गोल्डकपको उपाधि शनिवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै जितेको हो ।
मनाङले आर्मीलाई २–१ गोल अन्तरले उपाधि चुमेको हो । खेलको पहिलो हाफको १७ औ मिनेटमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत १ गोल गरी आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए । उनको अग्रता खेलको पहिलो हाफको २६ औ मिनेटमा सम्म रह्यो । मनाङका विशाल राईले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुर्याएका थिए । यसै गरी खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा मनाङका जर्सी विमल रानाले १ गोल गर्दै १–२को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि मनाङले उपाधि जिते ।
उपाधिसँगै मनाङले चार लाख नगद प्राप्त गरे । उनहिरुलाई पूर्व पर्यटनमन्त्री तथा प्रदशसभाका सदस्य भीम आर्चायले नगदसहित ट्रफि मेडल प्रमाण पत्र प्रदान गरे । यस्तै दोस्रो हुने त्रिभुवन आर्मी क्लब काठमाण्डौलाइ खेलका २ लाख नगदसहित शिल्ड मेडल प्रमाणपत्र प्रदान पाए । उनीहरूलाई बिशिष्ठ अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गछदारले प्रदान गरे ।
फाइनल खेलको उत्कृष्ट खेलाडी मनाङका विशाल राईलाई घोषित भए । उनले पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान प्राप्त गरे । खेलको उत्कृष्ट गोल रक्षक मनाङका दिनेश थापा मगरलार्इ नगद दश हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। खेलमा उत्कृष्ट डिफेन्स मनाङका पेट्रिकलार्इ नगद दश हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। खेलको उत्कृष्ट मिड फिल्ड त्रिभुवन आर्मीका भरत खवास लार्इ नगद दश हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। खेलको उत्कृष्ट फरवार्ड मनाङ मस्र्याङ्दीका अनिल गुरुङलार्इ नगद दश हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। उत्कृष्ट कोच छिरिङ लोपसाङ नगद दश हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो।
खेलको उत्कृष्ट राइजिङ खेलाडी एलेभेन एरोज क्लब दुहवीका श्रीजित कार्कीलाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। खेल अवधिभर सर्वाधिक गोलकर्ता ३ गोल गरेका त्रिभुवन आर्मीका जर्सी नम्बर १८ नवयुग श्रेष्ठलाई नगद पन्ध्र हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। सर्वोत्कृष्ठ खेलाडी मनाङका सुजल श्रेष्ठलाई नगद पच्चिस हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। मनाङका अनिल गुरुङलाई सम्मानित खेलाडीको रूपमा सम्मान गरियो । उनलाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरिएकोे थियो। प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका मनाङ र अार्मिसँगै रुपन्देही ११ रुपन्देही, रमपम ११ झापा, चर्च ब्वाइज युनाइटेड क्लब, मोरङ्ग ११, आयोजक एलेभन एरोज क्लब र १ अन्तराष्ट्रि क्लब मिरपुर एकादशको क्लब गरी ८ टिम सहभागी भएका थिए ।