चेल्सीको पहिलो जित, ग्रिजम्यानको डेब्युमा बार्सिलोना पराजित


८ श्रावण २०७६, बुधबार
16390246 7276039

काठमाडौं, ८ साउन । चेल्सी प्रशिक्षकका रुपमा फ्राङ्क लाम्पार्डले पहिलो जित हात पारेका छन् । ट्यामी अब्राहम र रोस बारक्लेले गोल गरेपछि चेल्सीले प्रिसिजन फ्रेण्ड्लीमा बार्सिलोनालाई २–१ ले हरायो ।

जापानमा भएको खेलमा अब्राहमले पहिलो हाफमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । बार्सिलोना डिफेन्सको गल्तिको फाइदा उठाउँदै ३४औं मिनेटमा अब्राहमले गोल गरे । ८१औं मिनेटमा रोस बारक्लेले गोल गर्दै चेल्सीलाई २–०को अग्रता दिलाए ।

16387748 7276039 image VR4SqLFEsi

दोस्रो हाफको इन्ज्युरी समयमा बार्सिलोनाका लागि इभान राकिटिचले गोल गरे । त्यसपछि गोल हुन सकेन र चेल्सीले लाम्पार्डको प्रशिक्षणमा पहिलो जित हात पारेको हो । यसअघि चेल्सीले जापानमा घरेलु टिम कावासिकी फ्रन्टेलसँग १–० को हार ब्यहोरेको थियो ।

बार्सिलोनाका लागि नयाँ स्टार खेलाडी एन्टोइन ग्रिजम्यानले डेब्यु गरेका थिए । खेलमा बार्सिलोनाबाट बिदा हुने तयारीमा रहेका डेम्बेलेसँग उनको कम्बिनेसन निकै राम्रो देखिएको थियो । मिडफिल्डमा राम्रो कम्बिनेसन गरेपनि ग्रिजम्यानले चेल्सीका गोलकिपर केपालाई कुनै दबाब दिन सकेनन् ।

यता फ्राङ्क लाम्पार्डले २० वर्षे अमेरिकी खेलाडी क्रिष्टियन पुलिसिचलाई पहिलो एघारमै मौका दिएका थिए । पुलिसिचले राम्रो प्रदर्शन गरे । चेल्सीका सबै युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । चेल्सीको जर्सी नम्बर ९ मा पहिलो पटक देखिएका अब्राहले सुरुवातमै एउटा राम्रो मौका गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७