उभौली र बुद्धजयन्तीकाे राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना


२ भाद्र २०७४, शुक्रबार
bidya devi bhandari and nanda bahadur pun

bidya devi bhandari and nanda bahadur pun

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा बसाेबास गर्ने सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् ।

बुद्ध जयन्तीका उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि पे्ररणादायी एवम् अनुकरणीय रहेका बताएकी छिन् ।

सन्देशमा राष्ट्रपतिले भनेकी छिन् , ‘बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्वद्धन हुने निर्विवाद छ ।’

राष्ट्रपति भण्डारीले नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मिका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवम् अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भनेकी छिन् ।

यसैगरी राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् साकेला उभौलीका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा बसाेबास गर्ने नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गरेकी छिन् ।

उभौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौलीले नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने आशा लिएको उल्लेख गरेकी छिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायमगरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरिन् ।

उपराष्ट्रपतिको शुभकामना सन्देश
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

दुई हजार ५६१ औँ बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताए ।

शान्ति अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान् गौतम बुद्धले देखाउनु भएको सद्मार्गमा सबैको लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनहरुको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन् । बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन जानेछ भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।

रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७