कामना सेवा विकास बैंकको आईएमई पेसँग कारोबार सुरु


९ श्रावण २०७६, बिहीबार
kamana sewa bikas bank

काठमाडौं,९ साउन । कामना सेवा विकास बैंकले आई।एम।ई को आई।एम।ई। पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

बैंकको मोवाईल बैकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ्ग मार्फत आई।एम।ई।पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

आई।एम।ई। पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७