तराइलाई सितलहरले छोप्यो


२ पुष २०७४, आईतवार
sit lahar

वीरगन्ज : मध्य तराईको पर्सा, बारा र रौतहटमा शनिवार दिनभरीमा एकछिन पनि घाम लागेन्। अघिल्लो दिन मध्यन्न २ बजेपछि एकछिन मात्र घाम झुल्क्यो । शुक्रवारदेखी तराईलाई सितलहरले छप्पकै छोपेको छ। अाजकाे नागरिक दैनिकमा खबर छ । sit lahar
यसपाली जाडो अलि ढिलो गरी आएपनि सितलहर भने साबिककै तिथी–मिती समातेर आएको स्थानीयको भनाई छ । धानको कटाई सकिएको छ, खेतबाट खलिहानमा आएको बाली घरमा भित्र्याउन दावँरी (दाई) चलिरहेको हो । ‘हरेक बर्ष करिब यस्तै बेला सितलहर आउने हो मंसिर सकाएर पुसको सुरुमा,’ पर्साको बिन्दवासनी गाउँपालिकाको गर्दौवल गाउँमा घुर नजिक बजेर आगो ताप्तै भेटिएका किसान ६० बर्षे इङरासन मुखियाले भने, ‘भित्रैसम्म थिराउदै छ, मानिसदेखी गाइबस्तु र बाख्रा–छेउर सबैलाई गाह्रो पारेको छ सितलहरले।’
दिउँसो १२ बजे उनीसंगै आधा दर्जन संख्यामा स्थानीय घुर तापेर बसेका थिए । जाडो बढेपछि घरबारदेखी खेतिपातिसम्मका काम प्रभावित भएको स्थानीय लायसवादेवीले बताइन् । पुसको सुरुवात सितलहरमा भएको छ यसपाली । यो भनेको रबिअन्न ९दाल र तेल हुने अन्न०का लागि राम्रो हो भन्ने स्थानीयको भनाई छ । धानबालीमै छरिएर पछि छुट्टै बालीको रुपमा उपार्जन गरीने रबिअन्न सितल मौसममा सप्रिने गर्छ भने दाना पलाउने बेला सितलता घटेको र पानी नपरेको हुनुपर्छ ।
‘हेरौ भागवानले यसपाली के गर्ने हुन रु’ मुखियाले जोडे । धानबालीपछि गहुँबाली र रबिअन्न लगाउने चलन छ । सितलहरले बजार क्षेत्रमा चहल पहल पनि घटेको छ । वीरगन्ज महानगरपालिकाको सडकमा आवागमन कम भएको छ भने मानिसहरुले आगो तापेर समय बिताइरहेका छन् । न्यानो लुगा किनबेंच हुने पसल बाहेक बजारमा अरु कुराका किनबेंच हुने ठाउँहरुमा भिडभाड घटेको छ। पश्चिमी हवाको प्रभावले सितलहर बढेर आउने स्थानीय मान्यता छ । मानिसहरुल बताए अनुसार नै बिहीवार साँझदेखी पश्चिमी हावा चल्न थालेदेखी यता सितलहर पनि बाक्लिदै गएको देखिएको छ ।
सितलहरले गर्दा मौसम अध्यारो भएपछि ‘भिजिबलिटी’ न्युनका कारण मध्यतराईको एकमात्र बिमानस्थल सिमरामा हावाई अवतरण र उडान पनि प्रभावित भएको सिमरास्थित नागरिक उड्ययन प्राधिकरणको कार्यालयले जनाएको छ । शनिवार दिउँसो वीरगन्जको तापक्रम १६ डिग्री मापन गरिएको छ । आइतवार बिहान ६ बजे तापक्रम ७ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७